सर्वोच्च अदालतले भन्यो– ‘कन्याजालीको अवस्थालाई मात्रै बलात्कारको निर्णायक प्रमाण मान्न मिल्दैन’

  • शनिबार ६ भौ २०८३ ०७:२८ AM
काठमाडौं । सर्वोच्च अदालतले महिलाको कन्याजालीको अवस्थालाई मात्रै बलात्कार भएको वा सहमतिमै यौनसम्पर्क भएको निर्णायक प्रमाणका रूपमा लिन नमिल्ने स्पष्ट व्याख्या गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले २०८३ असार १८ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यौन अपराधका घटनामा गरिने ‘कौमार्य परीक्षण’को परम्परागत र अवैज्ञानिक अभ्यासमाथि प्रश्न उठाएको हो ।