काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शनिबार बागलुङ र पर्वतको सिमाना मालढुंगा पुगेका छन् । मुस्ताङ जाने क्रममा निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन सुरक्षाकर्मीको गाडी अगाडि–पछाडि लगाएर मालढुंगा पुगेका हुन् । प्रधानमन्त्री आउने भएपछि मालढुंगा आसपासका सडकमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।