मुस्ताङ । वर्षासँगै लेदोसहित आएको पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी–सिरुवारी खण्ड र सुकेबगर सडक सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि परेको वर्षाका कारण लेदो तथा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयको पहलमा पहिरो पन्छाएर आज बिहानदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो । आयोजना प्रमुख तेजस्वी