मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको अवलोकन

  • शनिबार ६ भौ २०८३ ०५:४९ AM
काठमाण्डु – साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको उद्योगमन्त्री गौरी यादवले अवलोकन गरेकी छन् । मन्त्री यादवले परीक्षण उत्पदन भइरहेको उद्योगको शनिबार अवलोकन गरेकी हुन् । मन्त्री यादवलाई नेपाली सेनाले कारखानाको अवस्थाको जानकारी गराएको छ । सरकारले नेपाली सेनालाई उद्योगको मर्मत सम्भार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि उद्योग फेरि सञ्चालनमा आएको हो