काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशानं) र ई–स्पोर्ट्स काउन्टीको आयोजनामा प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका १६ उत्कृष्ट पब्जी मोबाइल टोलीले प्रतिस्पर्धा गर्नेछन् । पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सम्म पुग्ने आधिकारिक प्रतियोगिता हो । प्रतियोगितामा डीआरएससहित १६ टोली