गरिमा चौधरी प्रकरणबारे गृहमन्त्रीले भने– सरकार यो घटनाको पहिलो दिनदेखि नै मौन छैन

  • शनिबार ६ भौ २०८३ ०५:०२ AM
काठमाडौं । बारोको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम अधिकतम सजाय दिलाउने प्रतिबद्धता जनाएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले घटनाको पहिलो दिनदेखि नै सरकार अनुसन्धानमा सक्रिय रहेको बताए । उनले कुनै पनि किसिमको त्रुटि हुन नदिने गरी अनुसन्धान अघि बढाइएको उल्लेख गरेका छन् । ‘सरकार यो घटनाको पहिलो दिनदेखि नै मौन छैन र निष्क्रिय पनि छैन । घटनालाई अत्यन्त संवेदनशील रूपमा लिँदै प्रभावकारी अनुसन्धानका लागि हामीले एकछिन पनि ढिलाइ नगरी अनुसन्धान अगाडि बढाइरहेका छौँ । ... The post गरिमा चौधरी प्रकरणबारे गृहमन्त्रीले भने– सरकार यो घटनाको पहिलो दिनदेखि नै मौन छैन appeared first on Kalika Khabar.