जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा तथा पोखरीहरू खाली गराउन शुरु

  • शनिबार ६ भौ २०८३ ०४:४५ AM
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका गुठी संस्थानका अतिक्रमित जग्गा तथा पोखरीहरू खाली गराउने अभियान शुरु भएको छ । गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले शनिवारदेखि डोजर प्रयोग गरी अनधिकृत संरचनाहरू भत्काउन थालेको हो । पहिलो चरणमा पोखरीका डिलहरूलाई अतिक्रमणमुक्त बनाउने योजना अनुरूप जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित गिरनारी पोखरीबाट कार्य प्रारम्भ गरिएको