जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर चलाइयो

  • शनिबार ६ भौ २०८३ ०४:१८ AM
जनकपुरधाम । जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले डोजर चलाउन सुरु गरेको छ । संस्थानले शुक्रबारदेखि जनकपुरधाम–४ स्थित पेठीया बजारनजिकको गोरधोइ पोखरीबाट अतिक्रमित संरचना हटाउने अभियान थालेको हो । गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार पटक–पटक सूचना जारी गर्दै अतिक्रमित संरचना आफैँ हटाउन आग्रह गरिए पनि अटेर