काठमाडौं । काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन् । प्रहरीका अनुसार शुक्रबार बिहान होस्टलमै १८ वर्षीय एक किशोर र २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए