पोखरा । पोखराको कोलाहलबाट केही पर, हिमशृङ्खलाले घेरिएको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम गाउँ शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अप्रत्याशित भ्रमणसँगै राष्ट्रिय चासोको केन्द्र बन्यो । प्रधानमन्त्री शाह अस्तामस्थित ‘अन्नपूर्ण इको भिलेज’मा बस्ने जानकारी पाएपछि स्थानीयवासीमा उत्साह र कौतुहलता देखिएको थियो । बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिपछि मात्रै प्रधानमन्त्री गाउँ आउन लागेको जानकारी पाएका स्थानीयहरू घरआँगन तथा