कोशीमा विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन ऊर्जामन्त्रीको निर्देशन

  • शनिबार ६ भौ २०८३ ०४:१२ AM
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले औद्योगिक र व्यावसायिक गतिविधिका हिसाबले महत्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । कोशी प्रदेशको विद्युत् वितरण प्रणालीको अवस्था, उपलब्धि र आगामी कार्यदिशाबारे विराटनगरमा आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले विद्युत् उत्पादन बढ्दै गएकाले अब आन्तरिक खपत विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।