तीजमा नेपाली चेलीहरूलाई दुबईबाट बाबुराम र शान्ता रानीको उपहार- 'मेरै राजकुमार' [भिडिओ]

  • शनिबार ६ भौ २०८३ ०८:४६ AM
काठमाडौँ। तीजमा नेपाली चेलीहरूलाई उपहारस्वरुप दुबईबाट गायक बाबुराम परियार र गायिका शान्तारानी परियारले नयाँ तीज गीत दिएका छन्। 'मेरै राजकुमारी' बोलको गीत र म्युजिक भिडिओ युट्यूबमा नन्दु परियार च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा बाबुराम परियार र शान्तारानी परियारको स्वर छ। सन् २०१५ देखि गीत संगीत क्षेत्रमा काम गर्दै आएका गुल्मीका बाबुरामले लामो समयपछि नयाँ गीत ल्याएका हुन्। गीतमा नेत्र अर्यालको शब्द, नन्दु परियारको संगीत र कृष्ण बीके भान्जाको संगीत संयोजन रहेको छ। गीतमा राजेन्द्र बाजुरालीले स्वर सम्पादन गरेका हुन् भने खड्क बाजुरालीले मिक्सिङ गरेका हुन्। गीतका रेकर्डिस्ट सागर बाजुराली हुन्। गीतमा नरेशवीर सिंह र अस्मिता विश्वकर्माको अभिनय रहेको छ। गीतको रेकडिङ, सुटिङ लगायत सबै काम दुबईमा गरिएको हो। 'नेपाली गीत संगीत क्षेत्रमा १० वर्षभन्दा धेरै भइसक्यो। मलाई धेरै साथीहरूले माया गर्नुभएको छ, यो गीतबाट थप माया पाउँछु भन्ने सोचेको छु,' बाबुरामले भने, 'चर्चित गायिका शान्तारानीसँगको सहकार्यमा हामीले राम्रो कोशिस गरेका छौँ।'