होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु

  • शनिबार ६ भौ २०८३ ०२:५८ AM
काठमाडौं । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । घटनामा संलग्न भएको अभियोगमा एक किशोर पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दाङको घोराही उपमहानगरपालिका–१७ का स्थायी बासिन्दा २२ वर्षीय वसन्त कालाथोकीलाई शुक्रबार बिहान होस्टलमै १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले कुटपिट