एक्लै र निहुरिएर काम गर्ने बढी बाघको निशानामा

  • शनिबार ६ भौ २०८३ ०३:०८ AM
एक्लै तथा निहुरिएर काम गर्ने मानिस बाघको आक्रमणको बढी जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। नेपालको तराई भू–परिधि क्षेत्र (बाघ पाइने क्षेत्र) मा सन् २०१० देखि २०२४ सम्म भएका बाघ आक्रमणका घटनाको अध्ययनबाट यो तथ्य सार्वजनिक भएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, समस्याग्रस्त बाघ विषयमा विद्यावारिधि गर्नुभएका विज्ञ डा.