पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज (शनिबार)देखि काठमाडौंमा सुरु हुँदैछ । ई स्पोट्र्स एसोसिएसन अफ नेपाल (ईशान) र ई स्पोट्र्स काउन्टीको आयोजनामा पब्जी मोबाइलको आधिकारिक दुई दिने राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपालका उत्कृष्ट १६ पब्जी मोबाइल टोलीले प्रतिस्पर्धा गर्नेछन् । पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सम्म पुग्ने आधिकारिक प्रतियोगिताका रूपमा रहेको