काठमाडौं : नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शुक्रबार पदबहाली गरे । पदबहाली गर्दै कार्कीले कोषमा रहेको ठूलो फण्ड सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने बताए