सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गरिदिएको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार सरकारको उक्त निर्णय बदर गर्दै नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन आदेश दिएको हो । सर्वोच्च अदालतले श्रेष्ठको नियुक्ति बदर गर्नुका मुख्य पाँच वटा कारण देखाएको छ । पहिलो कारणमा