नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र बजारलाई बैङ्क तथा वित्तीय संस्थाको एकाधिकारबाट मुक्त गर्दै उत्पादनमूलक र अन्य योग्य सङ्गठित संस्थाका लागि समेत खुला गर्ने तयारी गरेको छ। बोर्डले सार्वजनिक गरेको ‘ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३’ को मस्यौदाले सर्वसाधारण लगानीकर्ताको जोखिम न्यूनीकरणका लागि न्यूनतम १ अर्ब पुँजी हुनुपर्ने मुख्य पूर्वसर्त अघि सारेको छ। बैङ्क, वित्तीय