विदेशबाटै मतदानको बाटो खोल्ने तयारी, इन्टरनेट भोटिङसम्म पुग्ने आयोगको योजना

  • शुक्रबार​ ५ भौ २०८३ ०९:१४ PM
काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिक तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई समेत मतदानको अवसर सुनिश्चित गर्ने गरी नेपालको निर्वाचन प्रणालीमा सुधारको बहस अघि बढेको छ । त्यसका लागि अन्तर्राष्ट्रिय अभ्यास, आधुनिक प्रविधि र आवश्यक कानुनी तथा संस्थागत पूर्वाधारबारे निर्वाचन आयोगले विज्ञसँग छलफल थालेको छ । अन्तर निर्वाचन क्षेत्र मतदान र विदेशमा मतदानको व्यवस्था लागू गर्न विभिन्न देशले अपनाएका अभ्यासबारे निर्वाचन आयोगले विज्ञसँग जानकारी लिएको हो । आयोगको आयोजना तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहजीकरणमा आयोगमा आयोजित कार्यक्रममा निर्वाचनमा आधुनिक प्रविधिको प्रयोग र मतदानको पहुँच विस्तारका विषयमा छलफल भएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय निर्वाचन तथा प्रविधि विज्ञ लिसा पास्ट र स्टिभ क्यानहमले विभिन्न देशमा अभ्यासमा रहेका निर्वाचन सुधार, साइबर सुरक्षा, डेटा संरक्षण, निर्वाचन प्रविधि, मतदाता दर्ता, निर्वाचन व्यवस्थापन प्रणाली तथा विदेशमा रहेका मतदाताको मतदानसम्बन्धी अनुभव प्रस्तुत गरेका थिए । विशेष गरी विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ, आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताले मतदान गर्ने व्यवस्था कसरी मिलाउन सकिन्छ र त्यसका लागि कुन प्रविधि तथा व्यवस्थापकीय संरचना आवश्यक पर्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा आयोगका निर्वाचन आयुक्त डा