काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीकी सांसद मनरुपा शर्माले दुबईमा मृत्यु भएका नेपाली मजदुर नारायण सार्कीको शव नेपाल ल्याइदिन सरकारसँग माग गरेकी छन्। शुक्रबार राष्ट्रियसभामा शून्य समयमा बोल्दै सांसद शर्माले दुबईमा मृत्युपछि नारायणको शव अस्पतालमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। पर्वतको जलजला गाउँपालिका-५ का नारायण दुबईमा कार्पेन्टरको काम गर्थे। उनको गत साउन ३० गते मृत्यु भएको थियो। परिवारले उनको शव नेपाल ल्याइदिन भन्दै माग गरिरहेको भन्दै सांसद शर्माले सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले मृतकको शव यथासक्य चाँडो नेपाल ल्याइदिन र उनको परिवारलाई राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छ्न्।