गगन थापाको प्रश्न : के सरकारले चौधरी परिवारको पीडा बुझेको छ ?

  • शुक्रबार​ ५ भौ २०८३ ०३:२१ PM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बारा जीतपुरसिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र हत्याको निष्पक्ष तथा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् । सभापति थापाले सामाजिक सञ्जाल फेसबूकमार्फत बालिका गरिमा चौधरीको हत्याले आफूलाई अत्यन्त दु:खी र स्तब्ध बनाएको उल्लेख गर्दै मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली