गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री

  • शुक्रबार​ ५ भौ २०८३ ०३:३० PM
काठमाडौं । भारतीय स्वतन्त्रता नायक महात्मा गान्धीद्वारा लेखिएका नोटहरूको सङ्ग्रह मुम्बईमा एक करोड ७० लाख डलरमा बिक्री भएका छन् । यो भारतीय ऐतिहासिक दस्तावेजका लागि तिरिएको हालसम्मको सबैभन्दा उच्च मूल्य हो । मुम्बईस्थित लिलामी कम्पनी ‘साफ्रोन आर्ट’ ले यो सङ्ग्रह गान्धीका नजिकका सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी. हिङ्गरानीको परिवारद्वारा संरक्षित गरिएको बताएको छ ।