अर्घाखाँचीमा बँदेल, रातो मृग र चित्तलको सिकार गर्न अनुमतिका लागि आवेदन खुला

  • शुक्रबार​ ५ भौ २०८३ ०८:५६ PM
अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लामा बँदेल, रातो मृग र चित्तलको सिकार गर्न चाहने नेपाली नागरिकका लागि जिल्ला सिकार अनुज्ञापत्र (लाइसेन्स) लिन आवेदन आह्वान गरेको छ । वन्यजन्तुबाट हुने तथा भइरहेको कृषिबाली र मानवीय क्षति न्यूनीकरण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० बमोजिम सिकार अनुज्ञापत्र प्रदान गर्न लागिएको कार्यालयले जनाएको छ । नियमावलीअनुसार तोकिएको हातहतियार प्रयोग गरी बँदेल, रातो मृग र चित्तलको सिकार गर्न इच्छुक नेपाली नागरिकले २०८३ साल भदौ १० गतेभित्र डिभिजन वन कार्यालय, अर्घाखाँचीमा आवेदन पेश गर्नुपर्नेछ । आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र तथा प्रचलित कानुनले तोकेका अन्य आवश्यक कागजात पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयले तोकिएको ढाँचामा आवश्यक कागजातसहित आवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको हो ।