काठमाडौं । विश्व पानी सप्ताह २०२६ का लागि विश्वभरका नेताहरू स्वीडेनको स्टकहोममा भेला भइरहेका बेला नेपालमा सुक्दै गएका पानीका मुहानलाई पुनर्जीवित र संरक्षण गर्न मार्गचित्र सार्वजनिक गरिएको छ । नेपालका तीन जिल्लाका नौ स्थानीय सरकार प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्षले मूलधार व्यवस्थापन र सुशासनका लागि देशकै पहिलो उपराष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका हुन्