कांग्रेसको एकपक्षीय महाधिवेशनबाट विभाजन झन् गहिरिने शशांक कोइरालाको चेतावनी

  • शुक्रबार​ ५ भौ २०८३ ०१:२४ PM
काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहका संयोजक शशांक कोइरालाले पार्टीभित्रको विवाद समाधान नगरी महाधिवेशन आयोजना गरिए कांग्रेसमा संरचनागत विभाजनको प्रक्रिया सुरु हुने चेतावनी दिएका छन् । कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको