त्रिभुवन विश्वविद्यालयमा परीक्षा भएको भोलिपल्टै नतिजा प्रकाशन

  • शुक्रबार​ ५ भौ २०८३ १२:३४ PM
काठमाण्डु – त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले परीक्षा लिएको भोलिपल्टै नतिजा प्रकाशन गरेको छ । शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह एमएड चौथो सेमिस्टर मौका परीक्षा बिहीबार भएर नतिजा शुक्रबार नै सार्वजनिक गरिएको छ । शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रण महाशाखा, परीक्षा सञ्चालक समितिको बैठकले शुक्रबार नतिजा प्रकाशन गरेको छ ।