काठमाडौं । गायिका सुशिला गौतमको स्वरमा नयाँ नेपाली गीत ‘मोरे सैयाँ’ सार्वजनिक भएको छ । प्रेमभावसँगै मौलिक नेपाली संस्कृति र परिवेशलाई भिडियोमार्फत प्रस्तुत गरिएको गीतमा थारू संस्कृतिको आकर्षक झल्को देख्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा थारू समुदायको मौलिक पहिरन, नृत्य, सांस्कृतिक परम्परा तथा स्थानीय परिवेशलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । आधुनिक सांगीतिक प्रस्तुतिसँगै नेपाली