एजेन्सी । अलास्काको दुर्गम अमेरिकी वायु सेनाको परिसरमा भएको विमान दुर्घटनामा आठ जनाको मृत्यु भएको सेनाले जनाएको छ । विमान आलस्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमान्डले विज्ञप्तिमार्फत जनाएको छ । दुर्घटनास्थल नजिकै अवतरण गर्ने उद्धारकर्ताहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरू कोही जीवित नरहेको पुष्टि गरेकोसमेत