काठमाडौं । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न भएको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले रोल्पामा मनसुनजन्य विपद्बाट जनधनको ठूलो क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद् प्रभावित क्षेत्रमा खानेपानी, सडक पूर्वाधार तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित