वाणिज्य बैंकका सीईओ पनि गभर्नर हुन सक्ने, ‘कुलिङ पिरियड’ २ वर्ष तोकियो

  • शुक्रबार​ ५ भौ २०८३ ११:३२ AM
काठमाडौं । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद छाडेको दुई वर्षपछि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने भएका छन् । प्रतिनिधि सभाको अर्थ समितिले शुक्रबार राष्ट्र बैंकको गभर्नरको योग्यतासम्बन्धी प्रावधानमा यस्तो व्यवस्था थप गर्ने निर्णय गरेको हो । समितिको निर्णयअनुसार वाणिज्य बैंकको सीईओले पद छाडेको दुई वर्षपछि गभर्नर पदका लागि योग्य हुन सक्नेछन् ।