नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की

  • शुक्रबार​ ५ भौ २०८३ १०:५६ AM
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले कार्कीलाई कोषको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत भएका कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए । उनी २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए । राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा काम गरेको अनुभव उनीसँग छ । कार्कीले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबिएफ) ... The post नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की appeared first on Kalika Khabar.