काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा, साहस र वीरताको सम्मान गर्दै ‘क्लासिक ३५० गोरखा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ। गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो विशेष संस्करणलाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ। गोरखा एडिसन विशेष गोरखा ग्रीन रङमा उपलब्ध छ। मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को मौलिक र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत झल्काउने विशेष डिजाइन तथा फिचर थप गरिएको छ। रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० ... The post रोयल इन्फिल्डले नेपालमा ल्यायो ‘क्लासिक ३५० गोरखा एडिसन’, मूल्य ५ लाख ९९ हजार appeared first on Kalika Khabar.