रास्वपाको संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अर्थमा लिमा अधिकारी

  • शुक्रबार​ ५ भौ २०८३ १०:४५ AM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले विभिन्न विभाग प्रमुखको नाम टुंग्याएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी पार्टी केन्द्रीय समितिको बैठकले पार्टी विभाग प्रमुखहरु अनुमोदन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य मनिष झाले जानकारी दिएका हुन् । उनका अनुसार पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपानेलाई अनुमोदन गरिएको छ