हेमबहादुर मल्ल सम्मान डा. माकजु श्रेष्ठ र रामेश्वर खनाललाई

  • शुक्रबार​ ५ भौ २०८३ ११:०६ AM
काठमाडौं। नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दुई विशिष्ट व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने भएको छ । संघले धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनलगायत स्वास्थ्य सेवा र गुणस्तरीय सार्वजनिक सेवाको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै डा.रामकण्ठ माकजु श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान–२०८१ प्रदान गर्ने निर्णय गरेको हो