काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । स्मार्ट सेलको लिलामी प्रक्रियामा अनियमितता गरेको आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलकान्त जोशीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।