कांग्रेस मधेस प्रदेशका सभापतिले मुख्यमन्त्रीको कार्यभार बढ्यो भन्दै पार्टीमा दिए कार्यवाहक

  • शुक्रबार​ ५ भौ २०८३ ०९:२३ AM
जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिका सभापति कृष्णप्रसाद यादवले प्रदेश कार्यसमितिका उपसभापति चन्द्रेश्वर कुमार यादवलाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेका छन् । मधेस प्रदेशका मुख्यमन्त्रीसमेत रहेका यादवले मुख्यमन्त्रीका रूपमा व्यस्त हुनुपर्ने भएको भन्दै पार्टीका काम गर्नका लागि कार्यवाहक जिम्मेवारी दिएका कांग्रेस मधेसका प्रचार प्रसार समितिका संयोजक नितिशकुमार गुप्ताले जानकारी दिए । सभापति यादवले बिहीबार कांग्रेस विधान, २०७६ (११औँ संशोधनसहित) को धारा १३ को उपधारा १०(ड) बमोजिम प्रदेश सभापतिको आवश्यकताअनुसार प्रदेश कार्यसमितिको काम–कारबाहीलाई निरन्तरता दिन तथा पार्टी सङ्गठनका नियमित गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न यादवलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको उल्लेख गरेका छन् ... The post कांग्रेस मधेस प्रदेशका सभापतिले मुख्यमन्त्रीको कार्यभार बढ्यो भन्दै पार्टीमा दिए कार्यवाहक appeared first on Kalika Khabar.