काठमाडौं । चर्को घामको राप । कालोपत्रे सडकबाट निस्किएको तातो बाफ । अनि त्यही सडकपेटीको पेटीमा ओछ्याइएको पातलो म्याट्रेस र त्रिपालको सानो ओत । धुलो र पसिनाले लतपतिएका अनुहार, आँखाभरि अनिँदो थकान र छातीभरि थुप्रिएको पीडाको पहाड बोकेर सयौँ नागरिकहरू विगत सात दिनदेखि हरिहर भवन क्षेत्रको सडक पेटीमा पसारिएका छन् । यी कुनै रहरले राजधानी