सर्लाही : सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक नजिकै ट्रयाक्टरको ठक्करबाट पैदलयात्रा गरिरहेकी गोडैता नगरपालिका–५, की २० वर्षीया गुरियाकुमारी गुप्ताको मृत्यु भएको हो । नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज१त ५२४६ नम्बरको ट्रयाक्टरले गुप्तालाई ठक्कर दिएको थियो । लगत्तै उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । युवतीको शव परीक्षणको लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनालगत्तै ट्रयाक्टर चालक गोडैता नगरपालिका–११ का ... The post ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु appeared first on Kalika Khabar.