रासायनिक मलको समस्या समाधानका लागि १२ सदस्यीय कार्यदल गठन

  • शुक्रबार​ ५ भौ २०८३ ०८:३४ AM
काठमाडौं । सरकारले रासायनिक मलको आपूर्तिमा देखिएका समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले कार्यदल गठन गरिएको जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको