चुनदेवीमा देउवा र शेखर कोइरालाबीच भेटवार्ता

  • शुक्रबार​ ५ भौ २०८३ ०९:०४ AM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । जेनजी आन्दोलनपछि देउवा बस्दै आएको चुनदेवीस्थित निवासमा शुक्रवार दुई नेताबीच भेटवार्ता भएको हो । नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दुई नेताबीच शुक्रवार भेटवार्ता भएको पुष्टि गरे । उनका अनुसार देउवा र कोइरालाबीच पार्टीभित्र देखिएको पछिल्लो विवादबारे छलफल भएको छ