काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले सरकारले अध्यादेशमार्फत ट्रेड युनियन र विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाएको आपत्ति जनाएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ढुंगानाले सरकारको यो कदमले मुलुकलाई पुनः निर्दलीय व्यवस्थातर्फ धकेल्न खोजेको आरोप लगाए । निर्दलीय व्यवस्था चलाउन खोजेको हो भने आफूहरू लोकतन्त्रका लागि बलिदान दिन तयार