देउवा र शेखर कोइरालाबीच भेटवार्ता, कांग्रेसभित्रको विवाद समाधानबारे छलफल

  • शुक्रबार​ ५ भौ २०८३ ०८:४९ AM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद र संगठनात्मक एकताका विषयमा छलफल भएको छ । शुक्रबार बिहान कोइराला देउवा निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्था तथा कांग्रेसभित्र बढ्दै गएको मतभेद समाधान गर्ने उपायबारे छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।