काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकले अब सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास तथा नियोगबाटै नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रमाणीकरण गराउन सक्ने भएका छन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा रहेका नेपालीका लागि लाइसेन्स प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगबाट उपलब्ध हुने जनाएको हो । विभागका अनुसार