राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णतः असफल भएको आरोप लगाएका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा दिए पनि व्यवहारमा जनताले सास्ती मात्र पाएको दाबी गरे । नयाँ शक्ति र वर्तमान सरकारले निर्वाचनका बेला गरेका प्रतिबद्धता प्रचारबाजीमा मात्र