काठमाण्डु–काठमाण्डुको शंखमुलमा होस्टलभित्र भएको विवादले उग्र रुप लिएपछि साथीहरुको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । भ्याली ब्वाइज होस्टलमा बस्दै आएका दाङ घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको साथीहरुको कुटपिटबाट ज्यान गएको हो । कुटपिटमा परी गम्भीर घाइते भएका कालाथोकीको उपचारका क्रममा मृत्यु भएको काठमाण्डु प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले काठमाण्डु पाटीलाई