काठमाण्डु– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच विस्तार गरेको छ। टिङटिङले श्रीलंकाको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको हो। सम्झौतापत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका नवप्रवर्तन तथा प्लेटफर्म व्यवसाय प्रमुख एवं उपाध्यक्ष विरंगा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्। सम्झौतापछि प्रिक्साका प्रमुख