धनगढी– कैलालीमा जापानिज इन्सेफलाइटिस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा सात जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये धनगढी उपमहानगरपालिकाका तीन, घोडाघोडी नगरपालिकाका दुई र लम्कीचुहा नगरपालिकाका दुई जना छन् । मृत्यु हुने दुवै जना घोडाघोडीका हुन् । लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरल रोगले गम्भीर अवस्थामा