काठमाण्डु– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी रहेको बताएको छ । कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्रीको उक्त भ्रमण निजी भएको जानकारी दिएका हुन् । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे प्रश्न गरेका थिए। जवाफमा प्रवक्ता अर्यालले भने,’ सम्माननीयको यो भ्रमण निजी हो। अन्य बुझ्न परे उहाँको सचिवालयमा