काठमाडौं । संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर तथा सञ्चालकको योग्यता र अनुभवसम्बन्धी व्यवस्था थप स्पष्ट बनाउने तयारी गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको हो । छलफलका क्रममा गभर्नर र सञ्चालक बन्न आवश्यक शैक्षिक योग्यता, कार्यअनुभव तथा शेयर स्वामित्वसम्बन्धी