संसदीय सुनुवाई समितिमा सेना र सुरक्षासँग जोडिएको उजुरी

  • शुक्रबार​ ५ भौ २०८३ ०७:४३ AM
संसदीय सुनुवाई समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सुरक्षासँग सम्बन्धित उक्त उजुरीलाई आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो । बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै समिति सभापति वोधनारायण श्रेष्ठले सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिए ।